कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

आपसी हितका क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ गर्ने विभिन्न उपायहरूबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र रोयल थाई प्रहरीअन्तर्गत सीमासम्बन्धी साइबर अपराध तथा मानव बेचविखन विरुद्धको विशेष कार्यदलका निर्देशक डा थाचाइ पितानीलबुटबीच भेटवार्ता भएको छ ।

थाइल्याण्डमा आज भएको भेटमा उहाँहरूबीच आपसी हितका क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ गर्ने विभिन्न उपायहरूबारे छलफल भएको दूतावासले जनाएको छ ।

सो अवसरमा विशेषगरी मानव बेचविखन, तस्करी, अनलाइन ठगी तथा साइबर अपराध नियन्त्रण, साथै गुप्तचर तथा सूचना आदानप्रदान र क्षमता अभिवृद्धिसम्बन्धी सहकार्यलाई मजबुत बनाउने विषयमा विचार विमर्श भएको थियो ।

दुवै पक्षबीच थाइल्याण्डलाई ट्रान्जिट विन्दुका रूपमा प्रयोग गर्दै मानव बेचबिखनमा संलग्न समूहहरूले पर्यटक भिसा सुविधाको बढ्दो दुरुपयोग गरिरहेको विषयमा विचार आदानप्रदान गर्नुभएको थियो । सो अवसरमा राजदूत ओलीले थाइल्याण्ड तथा छिमेकी मुलुकहरूमा बेचबिखनमा परेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्ताका लागि रोयल थाइ प्रहरीले प्रदान गरेको सहयोगप्रति प्रशंसा व्यक्त गर्नुभएको थियो ।

दुवै पक्षले छिमेकी मुलुकहरूमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्रहरूको बढ्दो समस्याबारे  समीक्षा गर्दै त्यस्ता ठगी केन्द्रहरूमा बेचबिखनमा परेका व्यक्तिहरूको उद्धारका लागि अझ नजिकको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार