मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

सहिद हेमनारायण गोल्डकप प्रतियोगिता जेठ ८ गतेदेखि

प्रतियोगिताको विजेता टोलीले नगद रु तीन लाखसहित रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिरहा, ३ जेठः सिरहामा यही जेठ ८ गतेदेखि चौथो संस्करणको ‘सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता-२०८३’ सञ्चालन हुने भएको छ । स्थानीय सलहेश युवा क्लबको आयोजना, सिरहा नगरपालिकाको मुख्य आर्थिक सहयोग र जिल्ला फुटबल सङ्घ सिरहाको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

आयोजकले प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । सिरहा नगरपालिका-३ मखनाहास्थित शंकर खेल मैदानमा हुने उद्घाटन खेलमा चात्या सा फुटबल क्लब झापा र गोलबजार युनाइटेड क्लब गोलबजारबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

‘युवाको सम्मान, सलहेश नगरी सिरहाको पहिचान, फुटबल खेल हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका गरी आठ टोलीको सहभागिता रहने आयोजक सलहेश युवा क्लबका अध्यक्ष राजीव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष केही नयाँ टोलीहरूलाई समेत समावेश गरिएकाले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा आयोजक सलहेश युवा क्लब सिरहासहित रिफ्स काठमाडौं, पथरी-११ एफसी मोरङ, गाईघाट युनाइटेड उदयपुर, गोल्डेन स्टार युथ क्लब भलुवा सुनसरी र भारतको माँ कामाख्या स्पोट्र्स क्लब बक्सर (बिहार) ले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते हुनेछ ।

आयोजकका अनुसार, प्रतियोगिताको विजेता टोलीले नगद रु तीन लाखसहित रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु एक लाख ५० हजार, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ ।

सिरहा जिल्लाकै प्रतिष्ठित र ठूलो खेल उत्सवको रूपमा हेरिएको यस प्रतियोगितालाई मधेश प्रदेशमा फुटबल खेलको विकास, युवा प्रतिभाको पहिचान तथा खेल पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माध्यमको रूपमा लिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार