काठमाडाैंः नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीसहित चार जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ। नेता केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलाई कोरोना पुष्टि भएको हो ।
आगामी असोज १९ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठक अगावै कोरोना संक्रमण परिक्षणका लागि कांग्रेसले केन्द्रीय सदस्यहरुसहित २ सय ४१ जनाको असोज १५ गते पार्टी केन्द्रिय कार्यालयमा स्वाब संकलन गरिएको थियो । शुक्रबार संकलन गरीएको स्वाबको नेताको रिपोर्ट आएको बताइएको छ।
त्यो मध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ। थप अरुको भने नाम खुलाईएको छैन । अरू सबैको रिपोर्ट भने नेगेटिभ आएको बताईएको छ। यसैबिच पार्टी केन्द्रिय कार्यालयमा संकलन गरिएको स्वावको रिपोर्टको बारेमा आफुलाई पार्टीले जानकारी नदिएकोमा नेता अर्जुननरसिंह केसीले दुख व्यक्त गरेका छन् ।
साथै उनले शनिवार ट्वीट् मार्फत १५ गते नेका पार्टी अफिसमा गरिएको स्वाब संकलनमा कोभीड-१९पोजिटिभ भएको रिपोर्ट रातोपाटी र नबकान्तीपुरबाट थाहाभयो । पार्टी बाट अझै खबर नहुनु दुःखद र खेदजनक छ । भनेका छन् ।
नेता केसीले कोरोना पोजेटीभसंगै आजै देखि सेल्फ क्वारेन्टाइनमा बसेको बताए । केसीले आफुसंग सम्पर्क मा रहेका साथीहरूलाई परीक्षण गर्न आग्रह गरेका छन् । नेता केसीले कोरोनाको रिपोर्ट पोजेटीभ आएपनि आफनो स्वास्थ्य अवस्था ठिक रहेको बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया