श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

अमृत झा रिहाइको गलत सूचनामा परराष्ट्रको माफी

झा इरानकै नियन्त्रणमा रहेको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाली युवा अमृत झालाई इरानले रिहा गरेको भन्ने गलत सूचना सम्प्रेषण भएको बताउँदै माफी मागेको छ।

केही दिनअघि परराष्ट्र मन्त्रालय र परराष्ट्रमन्त्री शिशिर खनालले इरानको नियन्त्रणमा रहेका नेपाली युवा झा रिहा भएको भन्ने सूचना सार्वजनिक गरेका थिए।

तर, झा इरानकै नियन्त्रणमा रहेको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयले माफी मागेको हो।

‘इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।
झा इरानको केशम टापुमा अवैध सामान तस्करीको आरोपमा पक्राउ परेका थिए। उनी हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका छन्।

यसैबीच, मन्त्रालयले झाका परिवारलाई मन्त्रायलमै बोलाएर पछिल्लो वस्तुस्थितिबारे जानकारी गराएको पनि जनाएको छ। झाको निष्पक्ष सुनुवाइ र उनलाई सुरक्षित रुपमा नेपाल फर्काउन सबै संयन्त्र प्रयोग गरिएको पनि मन्त्रालयले जानकारी गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार