जेठ ६, २०८३ बुधबार May 20, 2026

सशस्त्रका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस

बढुवा सिफारिस भएको मितिले सात दिनभित्र सम्बन्धित पक्षले उजुरी वा निवेदन दर्ता गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयका अनुसार जेठ ५ गते बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिससम्बन्धी निर्णय सार्वजनिक भएसँगै यसविरुद्ध चित्त नबुझे कानुनी व्यवस्था अनुसार उजुरी गर्न सकिने व्यवस्था समेत गरिएको छ । गृह मन्त्रालयले बढुवा सिफारिस भएको मितिले सात दिनभित्र सम्बन्धित पक्षले उजुरी वा निवेदन दर्ता गर्न सक्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया