श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

सर्वोच्चकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिपछि मल्ल बिदामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन् । आफूभन्दा जुनियर न्यायाधीश सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त भएपछि मल्ल असन्तुष्ट थिइन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिए ।

प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिपछि मल्ल बिदामा बसेकी हुन् ।

यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

तर संवैधानिक परिषद्ले आफूभन्दा कनिष्ठ डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि मल्ल असन्तुष्ट रहेको चर्चा न्यायिक वृत्तमा भइरहेको थियो ।

डा. शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि सोही दिन शपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् ।

प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा न्यायाधीश मल्ल सहभागी भएकी थिइनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार