कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री डा. तिमिल्सिना

दूर्गम क्षेत्रमा सहज इन्टरनेट चलाउनेगरी व्यवस्थापनको काम भइरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, जेठ ६ गते । सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले प्रेसलाई संकुचन गर्न र नियन्त्रण गर्ने कुनै मनसाय नरहेको बरु प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा आज सांसदहरुले उठाउनु भएको जिज्ञासामाथि जवाफ दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । “प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, त्यहाँभित्र पनि जवाफदेहिता छ । प्रेस पनि जिम्मेवार हुनैपर्छ” उहाँले संविधानले दिएको अधिकार भएकाले सरकारले चाहेर पनि प्रेस स्वतन्त्रताविरुद्ध जान नसकिने उहाँले बताउनुभयो । प्रेस कर्मीलाई उहाँले आफ्नो गरिमा र सीमाभित्र रहेर जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो ।

सञ्चरमन्त्री डा. तिमिल्सिनाले प्रेस काउन्सिलको क्षमता बृद्धि गर्न र नेपालको मिडिया क्षेत्रलाई स्वच्छ, जवाफदेही र गौरव गर्न लायक बनाउनेमा सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले सोअनुसार कार्यक्रम सरकारले ल्याउने बताउनुभयो ।

त्यस्तै, संगीत र कला क्षेत्रमा पनि सुधारको काम गर्ने योजना सरकारको रहेको उहाँले बताउनुभयो । चलचित्र मार्फत मौलिक क्षेत्रलाई प्रोत्साहन गर्ने चलचित्रलाई प्राथमिता दिएर सहुलियत दिने पनि उहाँले जानकारी गराउनुभयो । सोअनुसार बजेट तथा कार्यक्रम प्रस्ताव गरिने पनि उहाँले जानकारी गराउनुभयो ।

सोहीअनुसार संसदीय विट लिएर समाचार संकलन गर्ने पत्रकारहरुका लागि यथोचित व्यवस्थाका लागि काम भइरहेको र संसद सचिवालयले कतिपय काम गरिसकेको उहाँले बताउनुभयो । आगामी दिनमा थप व्यवस्थापनको काम हुने उहाँले विश्वास दिलाउनुभयो ।

सोहीअनुसार रिमोर्ट वर्क सम्बन्धमा नीतिगत रुपमा कामको तयारी भएको बताउँदै उहाँले एकीकृत सूचना प्रणालीमार्फत काम गर्ने तयारी पनि भएको उहाँले संसद बैठकलाई जानकारी गराउनुभयो । सूचनाको हकलाई प्रत्याभूत गर्ने काम पनि मन्त्रालयले गरिरहेको बताउँदै उहाँले सूचनामा नागरिकको सहज पहुँच पुगाउनेगरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

सोहीअनुसार सूचना प्रविधिको क्षेत्रलाई प्रवर्धनमा सरकारले काम गरिरहेको बताउँदै उहाँले आगामी दिनमा ‘टेक हव’ को रुपमा विकास गरिने बताउनुभयो । अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा पनि सोहीअनुसार काम गरिने उहाँले बताउनुभयो । दूर्गम क्षेत्रमा सहज इन्टरनेट चलाउनेगरी व्यवस्थापनको काम भइरहेको बताउँदै उहाँले सरकार तीव्ररुपमा काम जारी राखेको बताउनुभयो ।

हरेक दिन हरेक हप्ता र हरेक महिना काम गरिरहेका छौं, त्यसको अनुभूति जनतालाई गराउनेगरी काम भइरहेको छ, उहाँले भन्नुभयो, “हेटौडा र कोहलपुरमा नयाँ सर्वर राखेर इन्टरनेट र मोबाइल सेवा सहज रुपले सञ्चालन गर्नेगरी काम भइरहेको छ । त्यसको अनुभूति जनताले गर्नुभएको छ ।”

त्यस्तै, डिजिटल भुक्तानीका लागि पनि सरकारले काम गरिरहेको बताउँदै उहाँले सूचना प्रविधि क्षेत्रमा मन्त्रालयले तीव्र रुपमा काम गरिरहेको जानकारी गराउनुभयो ।

आगामी एक वर्षभित्र दूर्गमदेखि सहज क्षेत्र सबै ठाउँमा स्तरीय मोबाइल नेटवर्क, इन्टरनेटको सहज प्रयोगको व्यवस्था गरिसक्ने उहाँले बताउनुभयो । धेरै दूर्गम जिल्लामा इन्टरनेट सेवा पहुँच पुगाउनेगरी काम गरिरहेको बताउँदै उहाँले सबै ठाउँमा फोरजी सेवा सुचारु गर्नेगरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । फोरजी नेटवर्कको क्षमता बृद्धिको काम पनि भइरहेको उहाँले बताउनुभयो ।

इन्टरनेट सेवा अवरोध न्यूनीकरणका लागि सरकारले तीव्र रुपले काम गरिरहेको उहाँले बताउनुभयो । सेवा प्रदायक संस्थासँग समन्वय र सहकार्य गरी काम भइरहेको उहाँको भनाइ छ । डिजिटल फ्रेमवर्कअनुसार सरकारको कामलाई डिजिटलरुपमा काम गर्नेमा सरकारको ध्यान गएको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार