असार २२, २०८२ आइतबार July 6, 2025

डा. केसीको समर्थनमा चिकित्सक आन्दोलित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः स्वास्थ्य सेवा सुधारको माग गर्दै २० दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको समर्थनमा जुनियर चिकित्सक आन्दोलनमा उत्रिएका छन् भने युवाले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा सत्याग्रहमा बसिरहेका डा. केसीको स्वास्थ्य बिग्रिँदै गएको छ । उनलाई जतिवेला पनि समस्या आउन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डा. केसीको स्वास्थ्य दिनहुँ खस्किँदै गएको उनका सहयोगी प्रितम सुवेदीले बताए ।

२० दिनसम्म पनि सरकारले वास्ता नगरेपछि उनको समर्थनमा प्रदर्शन सुरु भएको छ । शनिबार स्वतस्फुर्त रूपमा युवाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले डा. केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् ।

त्यस्तै, जुनियर चिकित्सक पनि डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका छन् । उनीहरूले डा. केसीको जीवनरक्षा गर्न र तत्काल उनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंस्थित वीर अस्पताल र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका जुनियर चिकित्सकले सरकारलाई वार्ताका लागि २४ घन्टाको ‘अल्टिमेटम’ दिएका छन् । अब २४ घन्टाभित्र वार्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

२९ भदौमा जुम्लाको धर्मशालामा सत्याग्रह सुरु गरेका डा. केसीलाई स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेपछि काठमाडौं आएका हुन् । उनलाई राखिएको त्रिवि शिक्षण अस्पतालमै सत्याग्रह जारी राखेका छन् । सरकारले भने २० दिन बितिसक्दा पनि वार्ताका लागि समेत पहल गरेको छैन । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार