असार २२, २०८२ आइतबार July 6, 2025

बलात्कारबारे जिम्मेवारबाटै गैरजिम्मेवार अभिव्यक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः बलात्कारका घटना बढिरहेको बेला सत्तापक्षकै शीर्ष नेताले यसलाई हल्का रूपमा लिँदै गैरजिम्मेवार र आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले केही साताअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा साबालक बलात्कारसम्बन्धी अधिकांश मुद्दा ‘इन्जोय’ पछि बलात्कारमा परिणत हुने गरेको बताएका थिए। बुधबार गृहमन्त्री रामबहादुर थापाले पनि बलात्कार ‘ग्राफ’ चिन्ताजनक अवस्थामा नरहेको दाबी गर्दै चिन्तित हुननपर्ने बताए। बलात्कारका घटना बढिरहेका बेला सरकारका जिम्मेवार व्यक्तिहरूले नै यस्ता अभिव्यक्ति दिँदा जघन्य अपराध झन् मौलाउन सक्ने आकलन सुरक्षाविद्को छ।

केही दिनअघि मात्रै बलात्कारपछि बझाङकी १२ वर्षीया सम्झना कामीको हत्या भएको थियो। २०७५ साउनमा कञ्चरपुरको भीमदत्तकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। उक्त घटनामा हत्यारा अझै कारबाहीको दायरामा आएको छैन। सरकारले न्याय दिन नसकिरहेका बेला मन्त्री र सांसदले नै विवादास्पद अभिव्यक्ति दिँदा पीडित थप आहत हुन पुगेका छन्।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले बलात्कार झन्झन् बढिरहेको अवस्थामा सरकारले त्यसलाई नियन्त्रण गर्ने र कानुनी सजाय दिलाउनेतर्फ गम्भीर चासो दिनुपर्ने आवश्यकता औंल्याए। ‘बलात्कारका घटना बढ्नु राम्रो होइन, अझ बलात्कारपछि हत्या नै भएको छ। यस्तो अवस्थामा दोषीलाई सरकारले जस्तोसुकै कदम चालेरै भए पनि कारबाही गर्न सक्नुपर्छ,’ उनले भने, ‘तर जघन्य अपराधमा संलग्न कतिपयलाई अझै कारबाही भएको छैन। सार्वजनिक पद धारण गरेको व्यक्तिले अलि विचार पु¥याएर बोल्नुपर्छ।’

बलात्कारपछि बालिकाको हत्या भएको प्रसंग जोड्दै गृहमन्त्री थापाले बलात्कारको अवस्था अन्य मुलुकमा जस्तो चिन्ताजनक नभएको अभिव्यक्ति बुधबार दिएका थिए। गृहको बागडोर समालेका उनले न त निर्मला पन्तको हत्यारालाई कारबाही गर्ने प्र्रयास गरेका छन्, न त पीडितका आफन्तलाई सान्त्वना नै दिएका छन्। बलात्कारका घटना बढिरहेका बेला मन्त्री र सांसदले यसलाई दुरुत्साहन गर्नेगरी अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको छ। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार