श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

कोसी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

चिया तथा कफीको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गुणस्तर कायम गरी निकासी प्रवर्धन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । कोशी प्रदेश सभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कोशी प्रदेशका  प्रदेश प्रमुख परशुराम खापुङ्गले  प्रदेश सभाको बैठकमा  नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।

आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रमले दीर्घकालीन महत्वका नीतिगत निर्णय, १६ औँ आवधिक योजना, प्रदेशको चालु आवधिक योजना, दिगो विकास लक्ष्य, मध्यम आय भएका मुलुकमा स्तरोन्नतिपश्चात् दिगोपन सुनिश्चित गर्ने रणनीति कार्यान्वयनमा जोड दिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिई समावेशी, दिगो र गुणस्तरीय संरचना निर्माणमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रम मार्फत सुशासन प्रवर्धन, प्रशासकीय क्षमता विकास तथा शासकीय सुधारलाई प्राथमिकतामा राखी सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गरिने र भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरी भ्रष्टाचार विरुद्धको दोस्रो रणनीतिक योजना कार्यान्वयनका लागि संघ र स्थानीय तहसँग समन्वय र सहकार्य गरिने उल्लेख छ ।

लगानीका सम्भावित क्षेत्रको पहिचान गरी सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीमार्फत परियोजना विकास र कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गर्ने, पर्यटन पूर्वाधार निर्माणमा कार्यक्रमले जोड दिएको छ ।

चिया तथा कफीको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गुणस्तर कायम गरी निकासी प्रवर्धन गरिने र  चिया परीक्षण प्रयोगशाला तथा अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याइने तथा अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनको आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारबाट प्रवाह हुने सेवालाई क्रमशः विद्युतीय सूचना प्रणालीमा आवद्ध गरी सेवा प्रवाहलाई प्रभावकारी एवम् विश्वसनीय बनाइने कार्यक्रममा उल्लेख छ ।

प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवासम्बन्धी कानुनमा सुधार गरिने र प्रदेश तथा स्थानीय सेवाका कर्मचारीको सरुवा, बढुवा र जिम्मेवारी प्रदान गर्ने कार्यलाई प्रभावकारी बनाइने विषयलाई कार्यक्रममा समेटिएको छ ।

एक सय २८ बुँदामा सार्वजनिक भएको नीति तथा कार्यक्रममा   “ट्यालेन्ट हन्ट”,  युवा लक्षित “म अघि बढ्छु”, कोशी आवास कार्यक्रम, एक घर एक धारा, सामुदायिक विद्यालय रुफटप सोलार कार्यक्रम, कोशी प्रदेश भ्रमण वर्ष, साधना ग्राम,  पढ्दै कमाउँदै कार्यक्रम, किशोरी सशक्तिकरण तथा आत्मरक्षा एवं सक्षम छोरी, नेपाली मन, आत्मीय पन’ जस्ता कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार