जेठ ९, २०८३ शनिबार May 23, 2026

मिर्चेयामा निःशुल्क महिला स्वास्थ्य स्क्रिनिङ, सयौं लाभान्वित

मिर्चेयामा महिलाको स्वास्थ्य सुरक्षाका लागि व्यापक स्क्रिनिङ अभियान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिराहा । महिलाहरूमा बढ्दै गएको जटिल स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै मिर्चेया नगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दा बढी महिलाको उत्साहजनक सहभागिता देखिएको छ।

३० वर्षदेखि ६० वर्षसम्मका महिलालाई लक्षित गरी आयोजना गरिएको शिविरमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या, Obstetric Fistula (प्रसूति फिस्टुला) तथा बाझोपन सम्बन्धी निःशुल्क परीक्षण, परामर्श र स्क्रिनिङ सेवा प्रदान गरिएको थियो। मिर्चेया अस्पतालमा बिहानैदेखि दिदीबहिनीहरूको बाक्लो उपस्थिति देखिएको थियो।

धेरै महिलाले पहिलो पटक यस्तो विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै नगरमा सहज रूपमा पाएको भन्दै खुसी व्यक्त गरेका थिए। मिर्चेया स्वास्थ्य शाखा प्रमुख राजन कुमार साहले महिलाहरूमा लुकेर रहेका रोग समयमै पहिचान गरी उपचारमा पहुँच बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार महिलाहरू स्वास्थ्यप्रति पहिले शिविरमा उत्साहजनक सहभा। चढी सचेत बन्दै गएकाले देखिएको हो।

“गम्भीर रोगलाई प्रारम्भिक अवस्थामै पहिचान गर्न सके उपचार सहज हने भएकाले यस्ता शिविर महिलाका लागि निकै प्रभावकारी बनेका छन्,” साहले बताउनुभयो। विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा धेरै महिलामा प्रारम्भिक अवस्थामै स्वास्थ्य समस्या पहिचान भएको जनाइएको छ। सहभागी महिलाहरूले गाउँ-नगरमै यस्ता सेवा उपलब्ध हुँदा ठूलो राहत महसुस भएको प्रतिक्रिया दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी : मेयर
२०८३ जेठ ९, शनिबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
२०८३ जेठ ९, शनिबार
नेपालमा मृत्यु हुनुकाे प्रमुख कारण नसर्ने रोग
२०८३ जेठ ९, शनिबार
मदन भण्डारीका विचार समयअनुकूल विस्तार गर्न युवालाई विद्यादेवी भण्डारीको आह्वान
२०८३ जेठ ९, शनिबार
लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेजमा ट्याग
२०८३ जेठ ९, शनिबार
मिर्चेयामा निःशुल्क महिला स्वास्थ्य स्क्रिनिङ, सयौं लाभान्वित
२०८३ जेठ ९, शनिबार
ट्रम्पको नयाँ अध्यागमन नीतिले विदेशी नागरिकमा त्रास
२०८३ जेठ ९, शनिबार