काठमाडौं । शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार सो आदेश जारी गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागअनुसार काठमाडौं जिल्ला अदालतले दुवैलाई पक्राउ गरेर नेपाल ल्याउन अनुमति दिएको भए पनि सो निर्णयविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो ।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि सम्बन्धित पक्षलाई झिकाउन आदेश दिएको थियो । तर पछिल्लो सुनुवाइपछि सर्वोच्चले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो ।
इन्टरपोलले प्रमाण नपुग्ने भन्दै रेड कर्नर नोटिस जारी गर्न अस्वीकार गरेको विषय पनि यस प्रकरणमा उल्लेख गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया