कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

‘प्रतिनिधिसभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्वपूर्ण’ – आयोग

सहभागीबाट प्राप्त सुझावलाई आगामी दिनमा सुधार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ, ११ जेठः गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

निर्वाचन आयोग, नेपालद्वारा आज विराटनगरमा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागीहरुले प्रदेशभरिका मतदान केन्द्रहरूमा कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरूको परिचालनमा आएका चुनौती र त्यसको समयमै गरिएको समाधान निर्वाचन सफलताका रूपमा रहेको बताएका छन् ।

सहभागीहरुले प्रदेशको भौगोलिक रूपमा विकट हिमाली तथा पहाडी जिल्लाहरूदेखि सुगम तराईका जिल्लाहरूमा मतपेटिका, मतपत्र पु¥याउन सुरक्षाकर्मीहरुको प्रभावकारी रुपमा परिचालन प्रशासनको महत्पूर्ण कार्य रहेको विचार राखेका छन् ।

निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले निर्वाचन निष्पक्ष रुपमा रहेको स्वदेशी तथा अन्तरराष्ट्रिय पर्यवेक्षकहरुले मान्यता भएको प्रतिवेदन दिएको उल्लेख गर्नुभयो ।

उहाँले आगामी दिनमा निर्वाचनलाई ‘ग्रिन इलेक्सन’का रुपमा कार्यान्वयन गर्ने धारणा राख्दै सहभागीबाट प्राप्त सुझावलाई आगामी दिनमा सुधार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई सफल, स्वच्छ एवं भयरहित वातावरणमा सम्पन्न सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण सहयोग प्राप्त गरेको बताउनुभयो ।

आयोगका सहसचिव कमल ज्ञवालीले यस निर्वाचनमा सबैभन्दा कम मत बदर भएको जनाउँदै देशका सबै वडामा एक/एक जनालाई मतदाता शिक्षाका लागि खटाइएको जानकारी दिनुभयो ।

उक्त निर्वाचनमा आयोगले रु चार अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ खर्च भएकामा मतदाता सङ्ख्या एक करोड ७९ लाख तीन हजार ६६९ लाई आधार मान्दा प्रतिमतदाता औसत खर्च रु २६३ भएको सोही अवसरमा जनाइएको छ ।

समीक्षा कार्यक्रममा प्रदेशका १४ जिल्ला निर्वाचन अधिकारहरु, मोरङका निर्वाचन अधिकृत, पर्यवेक्षक, स्यवंसेवक, मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार