श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

‘मुलुकका समस्या समाधानमा पर्यटन उद्योगले योगदान दिन सक्नुपर्छ’

पर्यटनमन्त्री पौडेलद्धारा ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकका सामु रहेका समस्या समाधानमा पर्यटन उद्योगले योगदान दिन सक्नेगरी नीतिहरू बनाइनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले पर्यटनलाई प्रकृति र संस्कृतिसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसद अशोककुमार चौधरी, सुशील खड्का, जगदीश खरेल, गणेश कार्की, खुश्बु ओली, रमेश मल्ल, गङ्गालक्ष्मी अवाल, बलावती शर्मा, रेनुका काउँचा, गणेशबहादुर विश्वकर्मा, निष्कल राई, जयपति रोकाया, पार्वती विक, प्रमीलाकुमारी गच्छदार, जनकराज गिरी, गीताकुमारी सेन्दाङ, गुरुप्रसाद बराल, खड्ग शाही, रिना उप्रेती, विपिनकुमार आचार्य, सन्दीप राना, आरेन राई, हरिमोहन भण्डारी र लिमा अधिकारीले भाग लिनुभएको थियो ।

त्यसअघि बैठकमा पर्यटनमन्त्री पौडेलले ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले सो विधेयकमाथि संशोधन राख्न चाहनुहुने सांसदले संसद् सचिवालयमा दिन सक्ने जानकारी गराउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार
कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता
२०८३ श्रावण २९, शुक्रबार
रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
२०८३ श्रावण २९, शुक्रबार
लोकतन्त्रको आत्मा : डा. शोभाकर पराजुली
२०८३ श्रावण २९, शुक्रबार