जेठ १४, २०८३ बिहिबार May 28, 2026

मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सिफारिस (पूर्णपाठ)

घटनामा मानवअधिकार उल्लङ्घकर्तालाई कानुन बनाएर कारबाही गर्न सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १३ जेठः राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि आज नेपाल सरकारलाई पत्राचार गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार घटनामा मानवअधिकार उल्लङ्घकर्तालाई कानुन बनाएर कारबाही गर्न सिफारिस गरिएको हो । आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङसमेतलाई मानव अधिकार उल्लङ्घनकर्ताका रूपमा लिँदै नयाँ कानुन निर्माण गरेर कानुनबमोजिम कारबाही गर्न आयोगले सुझाव दिएको छ ।

प्रतिवेदनमा तत्कालीन समयमा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्केको घटनाका सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

यसैगरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी एवं काठमाडौँ उपत्यकाका तत्कालिन निजामती तथा सुरक्षा निकायका अधिकारीहरूलाई पनि अनुसन्धान तथा कारबाही गर्न सिफारिस गरिएको छ ।

आन्दोलनपूर्व र प्रदर्शनपश्चात् अभिव्यक्ति दिने अभियन्ता र आबद्धकर्ताहरू गणेश कार्की, सुलभ खरेल, असिममान बस्नेत, भाग्य न्यौपाने, टङ्क दाहाल, भिक्टर पौडेललगायतलाई पनि अनुसन्धान गर्न प्रतिवेदनमा भनिएको छ । आयोगले आज २६ औँ वार्षिकोत्वससमेत मनाएको छ ।

यस्तो छ आयोगको प्रतिवेदन :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्क साम्पाङ्द्धारा स्थानीय चुनावभन्दा एक वर्षअघि नै मेयर उम्मेदवार घोषणा
२०८३ जेठ १४, बिहिबार
नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी
२०८३ जेठ १४, बिहिबार
महाकाली नदीमा सेनाको विपद् अभ्यास
२०८३ जेठ १४, बिहिबार
कांग्रेसको राष्ट्रिय दायित्व : विपुल पाेख्रेल
२०८३ जेठ १४, बिहिबार
पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर
२०८३ जेठ १४, बिहिबार
सुन चाँदीको मूल्यमा भारी गिरावट
२०८३ जेठ १४, बिहिबार
समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मूल मर्म र धर्म हो : रास्वपा सचेतक, प्रकाशचन्द्र परियार (अन्तवार्ता)
२०८३ जेठ १४, बिहिबार