जेठ १५, २०८३ शुक्रबार May 29, 2026

आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँः पूर्वराष्ट्रपति भण्डारी

मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुट्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ जेठः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्नुभएको छ ।

१९औँ गणतन्त्र दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले भन्नुभएको छ, “गणतन्त्र दिवसको यस सुखद् अवसरमा म राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आमनागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्दछु ।”

हाम्रो राष्ट्रिय लक्ष्य अब सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपालको राजनीतिक इतिहासमा जेठ १५ गते एक गौरवशाली र अविस्मरणीय दिन भएको उल्लेख गर्दै उहाँले यस गौरवमय दिनको पृष्ठभूमिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात अमर सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा नेतृत्व प्रदान गर्नुहुने आदरणीय अग्रजहरूप्रति उच्च सम्मान पनि व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “गणतन्त्रको स्थापना केवल व्यवस्था परिवर्तनमात्र होइन, यो त नेपाली जनताको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने र राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने एउटा माध्यम हो, गणतन्त्रको वास्तविक सुन्दरता र सार्थकता तबमात्र झल्किन्छ, जब समाजको किनारामा रहेका विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले पनि ‘राज्य मेरो सहारा हो’ र ‘म यो देशको सम्मानित नागरिक हुँ’ भन्ने अनुभूति गर्न पाउँछन् ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सात प्रतिशतको आर्थिक वृद्धि, मुद्रास्फीति छ प्रतिशतमा सीमित गर्ने लक्ष्य
२०८३ जेठ १५, शुक्रबार
सरकारी कर्मचारीको नयाँ तलब निर्धारण, कसको तलब कति ?
२०८३ जेठ १५, शुक्रबार
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा
२०८३ जेठ १५, शुक्रबार
कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ जेठ १५, शुक्रबार
मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
२०८३ जेठ १५, शुक्रबार
गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्दै सिंह
२०८३ जेठ १५, शुक्रबार
फिलिपिन्सको हिरासतमा रहेका ६४ जना चिनियाँ नागरिक रिहा : चिनियाँ दूतावास
२०८३ जेठ १५, शुक्रबार