असोज २३, २०८३ शुक्रबार October 9, 2026

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन संवाद

पारस्परिक हितका लागि द्विपक्षीय तथा बहुपक्षीय तहमा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच आज साँझ टेलिफोन संवाद भएको छ ।

संवादका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकामा बधाई ज्ञापन गर्दै नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न अमेरिकी सरकार प्रतिबद्ध रहेको बताए । सो अवसरमा मन्त्री खनालले बधाई सन्देशप्रति आभार व्यक्त गर्दै नेपाल सरकारको तर्फबाट नेपालको समग्र विकासमा निरन्तर सहयोगका लागि अमेरिकी सरकारप्रति0258/8520258/ हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।*/963.0147

परराष्ट्रमन्त्री खनालले सुशासन तथा पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत आर्थिक वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बारेमा बताएका थिए । उपविदेशमन्त्री हुकरले अमेरिकी सरकारको तर्फबाट नेपालको राष्ट्रिय विकास प्राथमिकताको प्रशंसा गर्दै उक्त प्रक्रियामा अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी, उनीहरूबीच नेपाल र अमेरिकाबीचको आठ दशक लामो सहकार्यपूर्ण सम्बन्धबारे पनि छलफल भएको थियो । साथै उनीहरूले पारस्परिक हितका लागि द्विपक्षीय तथा बहुपक्षीय तहमा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पुनः व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
२०८३ असोज २३, शुक्रबार
मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका दुई हजार ६०२ व्यक्तिको नामावली हटाइयो
२०८३ असोज २३, शुक्रबार
कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ
२०८३ असोज २३, शुक्रबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
२०८३ असोज २३, शुक्रबार
उखु किसानलाई एक अर्ब ५० करोड अनुदान
२०८३ असोज २३, शुक्रबार
शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत
२०८३ असोज २३, शुक्रबार
अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार
२०८३ असोज २३, शुक्रबार