असार २२, २०८२ आइतबार July 6, 2025

बलात्कार घटनाको पाँच लाखमा मिलापत्र गराउने आठ जना पञ्च प्रहरी फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पाँच लाखमा बलात्कारको घटनामा मिलापत्र गराउने सिरहाका ८ जना पञ्च प्रहरी फन्दामा परेका छन् । सिरहाको विष्णुपुर–१ मा स्थानीय २० वर्षीय मुकेशकुमार सिंहले गाउँकै १६ वर्षीय किशोरीलाई असोज १२ गते जबर्जस्तीकरणी गरेका थिए।

उक्त घटनालाई पञ्चहरुले पञ्चायत गरेर गाउँमै मिलाएका थिए। प्रहरीमा दर्ता हुनु पर्ने घटना मिलाएको खबर थाहा पाएर प्रहरी टोली गाउँमा पुगेको थियो । गाउँ पुगेका प्रहरी टोलीले पाँच लाखमा बलात्कार घटनाको मिलापत्र गराएको लिखित तमसुक सहित पीडक र पञ्चहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी धिरजप्रताप सिंहले जनाए।
पक्राउ पर्नेमा स्थानीय पञ्चहरु सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुधन साह, राजकुमार साह, राम उद्गार यादव, जगविर यादव, राजकुमार यादव र रौदि भनिने श्यामसुन्दर यादव रहेका छन् । उनीहरुलाई बलात्कार घटना मिलाउने मतियारको रुपमा प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार आरोपमा पक्राउ परेका पीडक मुकेश सिंह र उनका मतियारहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान भइरहेको छ।अन्नपूर्णबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार