श्रावण २७, २०८३ बुधबार August 12, 2026

गणतन्त्रको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको आवश्यकता : मुख्यमन्त्री आचार्य

गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपज भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लुम्बिनी, १५ जेठः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले न्याय, समानता, समावेशिता र समृद्धिको मार्गमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।

उन्नाइसौँ गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपज भएको चर्चा गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले गणतन्त्रको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको आवश्यकता भएको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेश सरकारले सुशासन, सेवा प्रवाह सुधार र जनउत्तरदायी शासनलाई केन्द्रमा राखेर काम गरिरहेको जानकारी दिनुहुदै युवालाई स्वरोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया