असोज २३, २०८३ शुक्रबार October 9, 2026

जोगिबाडामा ६ करोडको लागतमा पक्की पुल निर्माण हुँदै

हिमा नदीमाथि पक्की पुल निर्माण नहुँदा गाउँसम्म पुग्न सवारीसाधनदेखि स्थानीयवासीलाई सास्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जुम्ला, १७ जेठः हिमा गाउँपालिका–३ स्थित जोगिबाडामा रु ६ करोड ३४ लाख लागतमा पक्की पुल निर्माण हुने भएको छ ।

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको उक्त बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुने पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावलले जानकारी दिनुभयो । मन्त्रालयको विनियोजित बजेट कार्यालयले बोलपत्र आह्वान गरेको थियो । रु ६ करोड ३४ लाखमा उक्त पक्की पुल मल्ल कन्ट्रक्सन दैलेखसँग निर्माण गर्न सम्झौता भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रावलको भनाइ छ ।

हिमा नदीमाथि पक्की पुल निर्माण नहुँदा गाउँसम्म पुग्न सवारीसाधनदेखि यहाँका स्थानीयवासीलाई सास्ती हुने गरेको थियो । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले बहुवर्षीय बजेट सुनिश्चित भएपछि पुल निर्माणले गति लिएको कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईँले जानकारी दिनुभयो ।

उक्त पक्की पुल निर्माणपछि यहाँका बड्की, जोगिबाडा, च्यामा र मोफ्ला गाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यहाँका विकट गाउँबस्तीका स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र स्थानीय आवतजावत गर्न सुविधा पुग्ने हिमा–३ का वडाध्यक्ष धनवीर रोकायाले बताउनुभयो ।

पुल ४० मिटर लामो रहेको छ । आगामी दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । नयाँ प्रविधिको पुल निर्माणका लागि शनिबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य पछाईँले सो पुल शिलान्यास गर्नुभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
२०८३ असोज २३, शुक्रबार
उखु किसानलाई एक अर्ब ५० करोड अनुदान
२०८३ असोज २३, शुक्रबार
शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत
२०८३ असोज २३, शुक्रबार
अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार
२०८३ असोज २३, शुक्रबार
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार