जेठ १७, २०८३ आइतबार May 31, 2026

सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

सुर्तिजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्न लागौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गर्नु भएको छ । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्र्दशमा आज सन्देश जारी गर्दै उहाँले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रहसमेत गर्नुभयो ।

सन्देशमा मन्त्री मेहताले भन्नुभएको छ,“सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन  सक्छ, तर दृढ इच्छाशक्ति परिवारको साथ र स्वास्थ्यकर्मीको सही परामर्शले यो पूर्णरूपमा सम्भव छ ।”

मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गर्नुभएको छ । सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउनेसमेत उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री मेहताले इ—सिगरेट, भेप हुक्कामा परम्परागत सुर्तीजन्य पदार्थमा जस्तै हानिकारक निकोटिन र विशाक्त तत्व हुने भएकाले कुनै भ्रममा नपर्न पनि अनुरोध गर्नुभएको छ ।  “सुर्तीजन्य पदार्थको प्रयोग एक गम्भीर जनस्वास्थ्य चुनौती बनिरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा करिव २९ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन्”, सन्देशमा भनिएको छ,“देशमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने तथ्याङ्क अत्यन्त दुःख र  सबैका लागि चिन्ताको विषय हो । त्यसैले यसको लत छोड्न आग्रह छ ।”

मन्त्री मेहताले किशोर किशोरीलाई लक्षित गरी सुर्ती उद्योगले अपनाएका नयाँ रणनीतिहरू चुनौतीका रूपमा रहेका भन्दै उद्योगलाई मानव स्वास्थ्यमा गम्भीर बन्न आग्रह गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “विभिन्न स्वादमा पाइने, हेर्दा आकर्षण र आधुनिक देखिने सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनलाई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण बजारीकरण गर्ने काम भइरहेको छ, जसले समस्यालाई झनै गम्भीर बनाएको छ । अब यस्तो नगरौँ । सुर्तिजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्न लागौँ ।”

मन्त्री मेहताले सुर्तीजन्य पदार्थका विद्यमान चुनौतीको समाना गर्न सरकारले नियन्त्रण र नियमनसम्बन्धी कानुन व्यवस्थापनको प्रभावकारी कार्यान्वयन विशेष जोड दिएको बताउनुभएको छ ।

नेपालमा आज ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम  चिरौँ;  कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो
२०८३ जेठ १७, आइतबार
उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य
२०८३ जेठ १७, आइतबार
सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह
२०८३ जेठ १७, आइतबार
इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार
२०८३ जेठ १७, आइतबार
“सरकारको नियत हेर्दा आयोगका सिफारिस कार्यान्वयन हुने आशा छैन” : अनुपराज शर्मा (अन्तवार्ता)
२०८३ जेठ १७, आइतबार
म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
२०८३ जेठ १७, आइतबार
अनिल झा नेतृत्वको सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित
२०८३ जेठ १७, आइतबार