काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यलाई यथावत् राखेको छ ।
विगत केही महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भइरहेको भए पनि निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै हालको मूल्यलाई नै निरन्तरता दिएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको अवस्थामा निगम सञ्चालक समितिको आज बसेको बैठकले यो निर्णय गरेको हो ।
स्वचालित मूल्य प्रणाली बमोजिम पूर्ण रूपमा मूल्य समायोजन गर्न नसक्दा पेट्रोलियम पदार्थको खुद्रा बिक्रीबाट नेपाल आयल निगमलाई अझै पनि पाक्षिक रूपमा करिब ६२ करोड ८६ लाख रुपैयाँ घाटा हुने देखिएको छ।
ग्यासमा ७० रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ मूल्य बढेर आएको छ । भने डिजेल १ घटेर आएको निगम स्रोतले बतायो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया