श्रावण २८, २०८३ बिहिबार August 13, 2026

बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

विभिन्न जातजातिका पहिचान झल्कने सांस्कृतिक प्रस्तुतिहरूले महोत्सवमा थप रौनक थपे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धादिङ। विभिन्न पोसाकमा सजिएका सयौँ बालबालिका । कसैको हातमा आफैँले बनाएका विज्ञानका सामग्री छन् भने कोही मञ्चमा सानदार नृत्य देखाउँदै छन् । कोहीले मञ्चमा उभिएर निर्धक्क आफ्ना विचारहरू राख्दै छन् । यो दृश्य धादिङको थाक्रे गाउँपालिकामा आइतबार आयोजित ‘प्रथम थाक्रे बाल महोत्सव’ को हो ।

यहाँका हरेकजसो दृश्य निकै लोभलाग्दो देखिन्थे । विद्यार्थीहरूले तयार पारेका विज्ञान प्रदर्शनी महोत्सवको आकर्षण बने । महोत्सवमा सहभागी जनजागृति मावि, कक्षा १० मा अध्ययनरत प्रतिमा घलानले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “किताबमा पढेका कुरालाई आफैँले बनाएर देखाउन पाउँदा रमाइलो लाग्यो । यसले हाम्रो आत्मविश्वास बढाएको छ ।”

यस्तै भनाइ थियो, कक्षा ८ मा अध्ययनरत रविना ठकुरीको । “हामीले कक्षाकोठामा पढेको विज्ञानको सिद्धान्तलाई प्रयोग गरेर देखायौँ । साथीहरू र अभिभावकले हाम्रो कामको प्रशंसा गर्दा छुट्टै रमाइलो हुने रहेछ”, विज्ञान प्रदर्शनीदेखि विभिन्न क्रियाकलापमा भाग लिनुभएकी ठकुरीले सुनाउनुभयो ।

महोत्सवमा थाक्रे गाउँपालिका क्षेत्रका ४२ विद्यालयबाट विद्यार्थी सहभागी थिए । विद्यार्थीहरूले बनाएका विभिन्न आकृतिमध्ये स्थानीय अन्नबालीको प्रयोग गरेर नेपालको नक्सामाथि बनाइएको कलात्मक बुट्टा सबैभन्दा आकर्षक बन्यो । विभिन्न जातजातिका पहिचान झल्कने सांस्कृतिक प्रस्तुतिहरूले महोत्सवमा थप रौनक थपेको अभिभावकहरुले प्रतिकृया दिए ।

बालबालिकाको सोच्ने शैलीलाई नयाँ उचाइ दिन र सिर्जनशीलताको विकास गर्न महोत्सवले निकै सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको भनाइ थियो । सैद्धान्तिक शिक्षालाई व्यावहारिक रूप दिन महोत्सवले ठूलो मद्दत पु¥याएको र थाक्रेका बालबालिकालाई नयाँ कुरा सिक्ने र सिकाउने राम्रो अवसर मिलेको उहाँले बताउनुभयो ।

महोत्सवले बालबालिकाको नेतृत्व क्षमता विकास र व्यावहारिक शिक्षाको प्रवर्द्धनमा सहयोग पुगेको जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रतिक्रिया थियो । उहाँले भन्नुभयो, “बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित राख्नुहुँदैन ।

उनीहरूले समाज र संसारलाई बुझून्, आफ्नो प्रतिभा चिनून् र भोलि समाजको नेतृत्व गर्न सकून् भन्ने नै हाम्रो मुख्य चाहना हुनुपर्छ । बाल महोत्सवले बालबालिकाको चौतर्फी विकासका लागि बाटो देखाएको छ ।”

जेठ १६ र १७ गते दुईदिन सञ्चालन भएको महोत्सवमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी र उनीहरू आबद्ध विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार