असोज २३, २०८३ शुक्रबार October 9, 2026

सङ्खुवासभाको मांसिमा खानेपानी आयोजना पुनर्निर्माण

पुनर्निर्माण सम्पन्न भएसँगै उपभोक्तालाई सहज रूपमा खानेपानी उपलब्ध गराउने लक्ष्य पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किमाथाङ्का (सङ्खुवासभा), १८ जेठः जिल्ला सदरमुकाममा रहेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत सञ्चालित मांसिमा खानेपानी आयोजना पुनर्निर्माण भएसँगै सञ्चालनमा आएको छ ।

रु छ करोड ४७ लाख ५६ हजार ६०० को लागतमा पुनर्निर्माण गरिएको आयोजना सञ्चालनमा ल्याइएको हो । खानेपानीको मुहान मांसिमा देखि खाँदबारीसम्मको ४२ किलोमिटरमध्ये करिब साढे २० किलोमिटर ट्रान्समिसन पाइप पुनर्निर्माण गरिएको हो । चिचिला गाउँपालिकाको कुँवापानीमा रहेको ‘ट्रिटमेन्ट प्लान्ट’बाट पानी प्रवाह सुरु गर्दै सञ्चालनमा ल्याइएको हो । पुनर्निर्माण सम्पन्न भएसँगै लामो समयदेखि प्रभावित हुँदै आएको खाँदबारी क्षेत्रको खानेपानी आपूर्तिमा सुधार आउने नगरप्रमुख महेश्वर थपलियाले बताउनुभयो ।

पुनर्निर्माण आयोजनाअन्तर्गत क्षतिग्रस्त पाइपलाइन हटाएर नयाँ पाइप जडान गरिएको छ । साथै पानी प्रशोधन तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइएको संस्थाले जनाएको छ । आयोजनाको पुनर्निर्माणपछि अब खाँदबारी नगर क्षेत्रका उपभोक्ताले नियमित रूपमा स्वच्छ खानेपानी सेवा प्राप्त गर्ने विश्वास गरिएको छ । पुनर्निर्माण सम्पन्न भएसँगै उपभोक्तालाई सहज रूपमा खानेपानी उपलब्ध गराउने लक्ष्य पूरा भएको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजनाको अध्यक्ष दिव्यराज बरालले बताउनुभयो ।

यसअघि चिचिलाको देउरालीदेखि खाँदबारीसम्म सडक विस्तार तथा निर्माणका क्रममा बिछ्याइएको मुख्य पाइपलाइन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि खानेपानी सेवा अवरुद्ध भएको थियो । यहाँ २०७० सालमा बृहत् मांसिमा खानेपानी आयोजनाको काम सुरु भएकामा पाँच पटक समय थप गरेर विसं २०७४ पुसमा निर्माण सम्पन्न भएको थियो । आयोजना रु ४५ करोड एक लाख ५५ हजारमा निर्माण गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
२०८३ असोज २३, शुक्रबार
उखु किसानलाई एक अर्ब ५० करोड अनुदान
२०८३ असोज २३, शुक्रबार
शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत
२०८३ असोज २३, शुक्रबार
अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार
२०८३ असोज २३, शुक्रबार
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार