जेठ १९, २०८३ मंगलबार June 2, 2026

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १८ जेठः गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरू भएको थियो । यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया