असोज २३, २०८३ शुक्रबार October 9, 2026

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की, २० जेठः पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखराले ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ ।

रक्तसञ्चार सेवा प्रमुख अर्जुन ज्ञवालीले जेठ १९ गतेदेखि २३ गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय नभएकाले यस बीचमा रगत अभाव हुनसक्ने अवस्था आएकाले आकस्मिक रक्तदानका लागि सबैमा आह्वान गरिएको बताउनुभयो ।

“रक्त अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न सङ्घसंस्था, क्लब, आमा समूह, सहकारी संस्था तथा सामाजिक समूहहरूलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका छौँ । सानो प्रयासले कसैको जीवन बचाउन सक्छ भन्ने भावना राखेर रक्तदान गरिदिनुहोला । यहाँ रगतको माग बढी हुने भएकाले नियमितजस्तो कार्यक्रम हुनुपर्दछ”, उहाँले भन्नुभयो ।

पोखरा प्रदेश राजधानीसमेत भएकाले यहाँ अन्य जिल्लाबाट समेत बिरामीहरू रिफर भएर आउने गरेकाले यहाँ रगतको माग उच्च हुने गरेको छ । प्रादेशिक रक्तसञ्चार सेवाका अनुसार पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
२०८३ असोज २३, शुक्रबार
गृह मन्त्रालयमा पुग्यो एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको प्रतिवेदन
२०८३ असोज २३, शुक्रबार
म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
२०८३ असोज २३, शुक्रबार
केन्याले पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि गरेसँगै देशभर स्वास्थ्य शतर्कता उच्च
२०८३ असोज २३, शुक्रबार