श्रावण २, २०८२ शुक्रबार July 18, 2025

डा. केसीका माग पूरा नभए सम्भावित दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छः प्रवक्ता शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनसनरत डा. गोविन्द केसीका माग पूरा नभए त्यसबाफत उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै बिगत २२ दिनदेखि अनसनरत डा. केसीका माग सम्बोधन हुन नसकेकाले भोली निम्तिन सक्ने दुर्घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका हुन् ।

प्रवक्ता शर्माले डा. केसीले उठाएका माग समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गर्दै ढिलाइ भएर भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

उनले अधिनायकवादी आकांक्षा राखेर अगाडि बढेको सरकारले केसीका माग सुनुवाई गर्न ढिलाइ गरिरहेको टिप्पणी समेत गरे । कांग्रेसको सरकारले गरेका निर्णयहरु उल्टाउँदा अहिले डा। केसी अनशन बस्नुपर्ने अवस्था आएको प्रवक्ता शर्माको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार