कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

मधेसका पूर्वराज्यमन्त्री सिंहलाई चार वर्ष कैदको फैसला

४ वर्ष कैद र बिगो बमोजिम ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना सहित थप १ महिना कैद सजाय हुने फैसला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। मधेस प्रदेशका सांसद एवं पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई चार वर्ष एक महिना कैद सुनाइएको छ।

विशेष अदालतले भ्रष्टाचार मुद्दामा जेठ ४ गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मंगलबारलाई पेसी तोकेको थियो।विशेष अदालतका अध्यक्ष श्री सुदर्शनदेव भट्ट सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

उपभोक्ता समितिहरूका तर्फबाट घुस कमिसन बापत उनले कुल ३८ लाख ५० हजार लिएको ठहर अदालतले गरेको छ।

अदालतले सजाय निर्धारण गर्दा निजको पदीय हैसियत र भ्रष्टाचारको परिमाणलाई मुख्य आधार बनाएको छ। सिंह मधेश प्रदेश अन्तर्गत महोत्तरी क्षेत्र नं ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्यसमेत भएकाले विशेषले थप सजाय समेत तोकेको छ।

सिंहलाई ४ वर्ष कैद र बिगो बमोजिम ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तोकिएको छ।

साथै, सार्वजनिक पदमा बहाल रहेको अवस्थामा भ्रष्टाचार गरेकाले सोही ऐनको दफा २४ बमोजिम थप १ महिना कैद सजाय हुने फैसला भएको विशेषले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार