असोज २३, २०८३ शुक्रबार October 9, 2026

शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ

मनमैजु क्षेत्रमा केही व्यक्तिहरूले हात्तीका दाह्रा बिक्री–वितरण गर्न लागेको गोप्य सूचना प्रहरीलाइ दिएपछी समातिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सजाएर राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा नगरपालिका–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा तथा गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) शरद थापाका अनुसार मनमैजु क्षेत्रमा केही व्यक्तिहरूले हात्तीका दाह्रा बिक्री–वितरण गर्न लागेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा तार्केश्वर–९ मनमैजुस्थित राजिव महर्जनको घर नजिकैको खाली जग्गामा हात्तीका दाह्रा टुक्रा–टुक्रा पारेर गाडेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले राजिवको घरबाट हात्तीका दाह्राका दुई टुक्रासहित लागुऔषध ट्रामाडोलका १५० ट्याब्लेटसमेत बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा टोखा–२ सपनतिर्थ बस्ने पुरन बोहराको समेत संलग्नता रहेको खुलेपछि उनलाई पक्राउ गरिएको थियो। थप अनुसन्धानका क्रममा पुरनले हात्तीका दुई टुक्रा दाह्रा मनमैजुमा बस्ने सन्तबहादुर भुजेलको कोठाको झ्यालमा राखिएको जानकारी दिएको प्रहरीको भनाइ छ।

बरामद गरिएका दाह्रा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएका रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

गत वर्ष भएको ‘जेनजी आन्दोलन’का क्रममा शीतल निवासबाट हराएका ती दाह्रा चोरी भएको करिब नौ महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गर्न सफल भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
२०८३ असोज २३, शुक्रबार
गृह मन्त्रालयमा पुग्यो एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको प्रतिवेदन
२०८३ असोज २३, शुक्रबार
म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
२०८३ असोज २३, शुक्रबार
केन्याले पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि गरेसँगै देशभर स्वास्थ्य शतर्कता उच्च
२०८३ असोज २३, शुक्रबार