जेठ २२, २०८३ शुक्रबार June 5, 2026

‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव

धार्मिक पर्यटन प्रवर्द्धनका लागि सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा, २२ जेठः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामलाई प्रदेशको मात्र नभई मुलुकको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

जनकपुरधामस्थित चारतारे होटल पौवाद्वारा आज यहाँ आयोजित बृहत् खाना प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उहाँले भारतको उत्तर प्रदेशमा रहेको राम जन्मभूमिमा भगवान् श्रीरामको दर्शनका लागि वार्षिक ५० करोड पर्यटक आउने गरेकामा तीमध्ये पाँच प्रतिशत पर्यटक जानकी जन्मभूमिमा आए यस क्षेत्रको पर्यटन क्षेत्रको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री यादवले बुद्ध वायुसेवाले यथाशीघ्र जनकपुरधाम-अयोध्या, अयोध्या-जनकपुरधाम सिधा हवाई उडानका विषयमा तयारी भइरहेको जनाउँदै सेवा सुरु भएपछि जनकपुरधाममा आउने भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने बताउनुभयो । सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा मधेस प्रदेशलाई अपेक्षाअनुरूप सम्बोधन नगरिएको गुनासो व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री यादवले मधेस प्रदेश तथा जनकपुरधामलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन हुने अपेक्षा गरिए पनि बजेटले त्यसलाई समेट्न नसकेको धारणा व्यक्त गर्नुभयो । उहाँले धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो ।

अयोध्यामा हरेक वर्ष करोडौँ श्रद्धालु भक्तजन पुग्ने गरेका उल्लेख गर्दै मुख्यमन्त्री यादवले माता सीताको जन्मस्थल जनकपुरधामलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसो गर्न सके धार्मिक पर्यटनका माध्यमबाट आर्थिक गतिविधि चलायमान हुनुका साथै स्थानीयले रोजगारीका अवसर पाउने उहाँले बताउनुभयो ।

जनकपुरधामलाई ‘म्यारिज डेस्टिनेसन’ का रूपमा विकास गर्ने विषय चर्चामा रहे पनि सङ्घीय बजेटले त्यसलाई समुचित रूपमा सम्बोधन गर्न नसकेको मुख्यमन्त्री यादवले उल्लेख गर्नुभयो । उक्त अवधारणालाई पूर्णता दिन प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य गरी अघि बढ्ने उहाँको भनाइ छ ।

मधेस प्रदेशमा तारे होटलहरूको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले यसले पर्यटन क्षेत्रको सम्भावना थप विस्तार गरेको बताउनुभयो । आवश्यक सहयोग र लगानी उपलब्ध भए जनकपुरधामलाई धार्मिक तथा वैवाहिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । सङ्घीय बजेटले अपेक्षा पूरा गर्न नसकेको भए पनि प्रदेश सरकार पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा लगानी अभिवृद्धिका क्षेत्रमा आफ्नै पहलमा कार्यक्रम सञ्चालन गर्दै अघि बढ्ने प्रतिबद्धता मुख्यमन्त्री यादवले व्यक्त गर्नुभयो ।

मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले जनकपुरधाममा सुरु भएको चारतारे होटल पौवाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै होटल पौवाले मिथिला कला, संस्कृति, संस्कार तथा परिकारको प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । होटल पौवा सञ्चालक समितिका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले होटल पौवाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार