श्रावण २८, २०८३ बिहिबार August 13, 2026

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा तीन दिनसम्म छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २२ जेठः गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव प्रदेशसभाले सर्वसम्मतिले पारित गरेको हो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले गत मङ्गलबार प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा तीन दिनसम्म छलफल भएको थियो । आज भएको छलफलमा नेकपा (एमाले) संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी, नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका नेता हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदस्य दलका नेता पञ्चराम गुरुङ्लगायतले नीति तथा कार्यक्रममाथि आ–आफ्ना धारणा राख्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार