बैसाख १७, २०८३ बिहिबार April 30, 2026

कम्युनिस्ट पार्टीको सदस्यलाई पीआर र नागरिकता नदिने अमेरिकी नीति सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः संयुक्त राज्य अमेरिकाले कुनै पनि कम्युनिस्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेको छ।

यूएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस)ले शुक्रबार सो सम्बन्धी नीति घोषणा गरेको हो। सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुनेछ,’ यूएससीआईएसले भनेको छ।

यो कानुन अहिले खासगरी चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यप्रति लक्षित रहेको विश्लेषण गरिएको छ। यो कानुनले कुनै पनि कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पीआर तथा नागरिकता नपाउने निश्चित गरेको छ।

अमेरिकामाथिको सुरक्षा खतरालाई सम्बोधन गर्न यो कानुन ल्याइएको जनाइएको छ। तर, सो घोषणाअनुसार ‘रोजागारी, खाद्यान्न र बाँच्नका लागि आवश्यक कुनै कुरा प्राप्त गर्ने उदेश्यले मात्र’ कम्युनिस्ट पार्टीमा प्रवेश गरेको प्रमाणित गर्न सक्नेलाई भने अपवादस्वरुप नागरिकता दिइनेछ । यसअघि सन् १९५० मा पनि शीतयुद्धका क्रममा अमेरिकाले यो कानुन लागू गरेको थियो।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया