जेठ २४, २०८३ आइतबार June 7, 2026

क्याबिनेटमा ठूलो फेरबदलको संकेत, तीन मन्त्री बाहिरिने सम्भावना

कार्यसम्पादन कमजोर ठहर, तीन मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री बालेन्द्र शाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले तीन मन्त्रीहरू हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा प्रधानमन्त्री शाहले मन्त्री फेरबदलको तयारीमा लागेको स्रोतले जनाएको छ ।

बालेन क्याबिनेटमा हाल रहेका १४ जना मन्त्रीमध्ये स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादवलाई मन्त्रीबाट हटाएर नँया मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्री शाहको योजना छ । मेहता र चौधरी चैत १३ मै मन्त्री बनेका थिए भने गौरीले चैत २७ मा मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।

‘प्रधानमन्त्रीले सय बुँदे कार्यसूचीलाई आधार बनाएर कार्यसम्पादन मूल्यांकन गरिरहेका छन् । त्यसमा तीन जना मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नभएको प्रधानमन्त्रीको ठहर छ । स्रोतका अनुसार आर्थिक वर्षको बजेट पारीत भएपछि मन्त्री फेरबदल गरिनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १७ वटा मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल ट्रस्ट, लगानी बोर्ड, सतर्कता केन्द्र, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, तथ्यांक विभाग लगायत निकायको क्रियाकलापहरूको अनुगमन गरी मूल्यांकन गरिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लाङटाङ ट्रेल रन सम्पन्न :पुरुष तर्फ मिलन कुलुङ र महिला तर्फ अञ्जली गुरुङ प्रथम
२०८३ जेठ २४, आइतबार
क्याबिनेटमा ठूलो फेरबदलको संकेत, तीन मन्त्री बाहिरिने सम्भावना
२०८३ जेठ २४, आइतबार
केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली
२०८३ जेठ २४, आइतबार
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
२०८३ जेठ २४, आइतबार
क्योरुगी विधा अन्तर्राष्ट्रिय तेक्वान्दोमा वैभवी सापकोटालाइ दोहोरो सफलता
२०८३ जेठ २४, आइतबार
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
२०८३ जेठ २४, आइतबार
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
२०८३ जेठ २४, आइतबार