श्रावण २८, २०८३ बिहिबार August 13, 2026

मन्त्रीलाई प्रभावकारी काम देखाउन मुख्यमन्त्रीको निर्देशन

सरकारका गतिविधि, विकास आयोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोदावरी (कैलाली), २६ जेठ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।

मङ्गलबार आयोजित सत्ता गठबन्धन दलको बैठकमा बोल्दै उहाँले आफ्नो जिम्मेवारीप्रति गम्भीर भएर परिणाम देखिने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको हो ।

उहाँले जनताले सरकारबाट अपेक्षा गरेको सेवा प्रवाहलाई छिटो, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेकाले त्यसतर्फ सम्बन्धित मन्त्रालयका मन्त्रीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

बैठकमा सरकारका गतिविधि, विकास आयोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार