श्रावण २८, २०८३ बिहिबार August 13, 2026

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २८ गते अपराह्न १ः०० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ जेठः राष्ट्रियसभाका सदस्यहरूले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करका दर फेरफेर गरेको आरोप लगाउँदै त्यसबारे छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

सभाको आजको बैठकको आकस्मिक समयमा सांसद तुलप्रसाद विश्वकर्माले भन्नुभयो, “आर्थिक विधेयक सदनमा प्रस्तुत गरिसकेको २४ घण्टा नहुँदै विधेयकको १६ पेज गायब गरेर त्यसमा पेज घटाएर अर्को विधेयक निकालिएको विषय छापाहरूमा आइरहेको छ, यो विषयमा स्पष्ट हुनुपर्छ ।”

सांसद रेनु चन्दले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करको दरमा हेरफेर गर्नुभएको आरोप लगाउँदै त्यसबारे छानबिन समिति गठन हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद नारायणदत्त मिश्र र मीनासिंह रखालले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सम्बन्धका विषयमा दिनुभएको अभिव्यक्तिबारे संसद्लाई जवाफ दिनुपर्ने माग गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २८ गते अपराह्न १ः०० बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार