जेठ २९, २०८३ शुक्रबार June 12, 2026

मन्त्रिपरिषद् बैठक बस्दै

रिक्त पदपूर्ति, कूटनीतिक नियुक्ति, विकास आयोजनाका निर्णय तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमा पनि आवश्यक निर्णय हुन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा मन्त्रालयगत प्रस्तावहरू, कर्मचारी प्रशासन, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय तथा सरकारका प्राथमिकताका कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिने अपेक्षा गरिएको छ। साथै रिक्त पदपूर्ति, कूटनीतिक नियुक्ति, विकास आयोजनाका निर्णय तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमा पनि आवश्यक निर्णय हुन सक्ने स्रोतले जनाएको छ।

सरकारले हाल अघि बढाइरहेका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सुधारका विषयलाई समेत बैठकले प्राथमिकतामा राख्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया