कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौं : अर्थमन्त्री डा वाग्ले

घरजग्गा कारोबारलाई पनि क्रमशः चलायमान बनाउने गरी सरकारले आवश्यक नीतिगत व्यवस्था अघि बढाइरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सद्वारा यहाँ आज आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषयसम्बन्धी छलफल र संवाद कार्यक्रममा अर्थमन्त्री डा वाग्लेले उत्पादन र लगानीमार्फत प्राप्त हुने समृद्धिको मार्गमा सरकार अघि बढिरहेको बताउनुभयो ।

अर्थमन्त्री डा वाग्लेले सम्पत्ति शुद्धीकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्‍याउने व्यक्तिमाथि मात्र कारबाही गरिने बताउनुभयो ।

शेयर बजारमा केही विचलन देखिए पनि त्यसलाई व्यवस्थित र विश्वासिलो बनाउने दिशामा सरकार काम गरिरहेको उल्लेख गर्दै उहाँले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताउनुभयो । घरबहाल कर प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गर्दै अर्थमन्त्री डा वाग्लेले विगतमा कर नतिर्ने प्रवृत्तिलाई हटाइने बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्थाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुगेको तथा बजार गतिविधिमा सकारात्मक प्रभाव परेको दाबी गर्नुभयो । उहाँले राज्यको दीर्घकालीन हितलाई केन्द्रमा राखेर आर्थिक नीति तर्जुमा गरिएको उल्लेख गर्दै नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग वृद्धि गर्न कूटनीतिक तहबाट पहल भइरहेको जानकारी दिनुभयो । घरजग्गा कारोबारलाई पनि क्रमशः चलायमान बनाउने गरी सरकारले आवश्यक नीतिगत व्यवस्था अघि बढाइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सहभागी व्यवसायीले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता, कर सुधार तथा निजी क्षेत्रको मनोबल बढाउने कार्यक्रम कार्यान्वयनमा जोड दिएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार
दशौँ राष्ट्रिय खेलकुद : सुर्खेतमा २३, अन्य जिल्लामा ९ खेल
२०८३ कार्तिक २४, मंगलबार