असार ५, २०८३ शुक्रबार June 19, 2026

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

दीर्घकालीन समाधानका लागि भारतीय पक्षसँग कुरा भइरहेको मन्त्री खनालको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताउनुभएको छ ।

मन्त्री खलालाई भेट्न आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोलीले नेपालमा उत्पादन भएको चिया भारत निर्यातमा देखिएको अवरोधलाई कुटनीतिक माध्यमबाट समाधान गर्नका लागि पहल गरिदिन उहाँलाई अनुरोध गरेको थियो । टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नुपरेको समस्याबारे परराष्ट्रमन्त्री खनालको ध्यानाकर्षण गराएको थियो ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभयो । “चियाको निर्यातमा देखिएका समस्या समाधानका लागि हामीले भारतीय अधिकारीसँग कुराकानी अगाडि बढाइसकेका छौँ”, उहाँले भन्नुभयो, “समस्याको निकास निकाल्न कूटनीतिक तहबाट ठोस पहल भइरहेको छ । भारतीय पक्षबाट प्राप्त जानकारीअनुसार यसको छिट्टै समाधान निस्किनेछ ।”

परराष्ट्रमन्त्री खनालले चियालगायत अन्य वस्तुको निर्यातमा आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि भारतीय पक्षसँग कुरा भइरहेको जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष श्रेष्ठले वार्षिक करिब रु १२ अर्बदेखि रु १४ अर्ब बराबरको कारोबार हुने चिया क्षेत्र सङ्कटमा पर्दा समग्र अर्थतन्त्र र लाखौँ व्यक्तिको जीविकोपार्जनमा असर पर्ने जानकारी गराउँदै सक्दो चाँडो समस्या समाधानका लागि मन्त्री खनालसमक्ष आग्रह गर्नुभयो ।

सांसदद्वय गणेश पराजुली र रहबर अन्सारीले चिया निर्यातमा देखिएको समस्या अल्पकालीन र दीर्घकालीन ढङ्गले समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८३ असार ५, शुक्रबार
सरकारको नयाँ सुविधा: राष्ट्रिय परिचयपत्र अब घरमै डाउनलोड गर्न सकिने
२०८३ असार ५, शुक्रबार
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
२०८३ असार ५, शुक्रबार
कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर
२०८३ असार ५, शुक्रबार
रास्वपाको महाधिवेशनमा सहभागी नहुने हर्क साम्पाङको घोषणा
२०८३ असार ५, शुक्रबार
राष्ट्र बैंकले आज (शुक्रबार) कति तोक्यो विदेशी मुद्राको विनिमयदर
२०८३ असार ५, शुक्रबार