श्रावण २८, २०८३ बिहिबार August 13, 2026

यी हुन् मन्त्रीपरिषद् बैठकका ६ निर्णयहरु (सूचीसहित)

राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्‍मा पेस गर्न स्वीकृति प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ५ गते । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्ति गर्नेदेखि सङ्घीय संसद्‍मा विभिन्न प्रतिस्थापन विधेयक पेस गर्नेसम्मका महत्त्वपूर्ण निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले कैलाली निवासी डा. गोपालप्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो। यसैगरी बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।

बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। साथै ‘बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ तर्जुमाका लागि समेत सिद्धान्त स्वीकृत उहाँले जानकारी गराउनुभएको छ ।

मन्त्रिपरिषद्ले राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्‍मा पेस गर्न स्वीकृति प्रदान गरेको छ।

बैठकले सङ्घीय संसद् समक्ष चार वटा प्रतिस्थापन विधेयक पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको  । सरकारले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने निर्णय गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार