कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

‘कोशी नमूना संयुक्त राष्ट्रसङ्घ सम्मेलन’ सुरु

सम्मेलनमा विभिन्न विद्यालयका करिब ३०० विद्यार्थी प्रतिनिधि सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर, ६ असार : विद्यार्थीहरूमा नेतृत्व, कूटनीतिक सोच, अनुसन्धान क्षमता तथा विश्वव्यापी मुद्दाप्रतिको बुझाइ विकास गर्ने उद्देश्यसहित ‘कोशी नमूना संयुक्त राष्ट्रसङ्घ सम्मेलन (केएमयूएन)–२०२६’ विराटनगरमा सुरु भएको छ ।

स्पटलाइट इनिसियटिभको आयोजना तथा दिल्ली पब्लिक स्कुल (डिपीएस) विराटनगरको समन्वयमा आयोजित तीनदिने सम्मेलनको आज उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले युवा पुस्तामा नेतृत्व क्षमता, संवाद कौशल, अन्तरराष्ट्रिय सम्बन्धबारेको ज्ञान तथा विश्वस्तरका चुनौतीको समाधान खोज्ने क्षमता अभिवृद्धि गर्न यस्ता सम्मेलन प्रभावकारी माध्यम बन्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई विश्व समुदायको जिम्मेवार सदस्यका रूपमा सोच्न, सहकार्य र संवादमार्फत समस्या समाधान गर्न तथा राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

डिपीएस विराटनगरका सह–प्राचार्य टिएन भण्डारीले यस्ता शैक्षिक मञ्चले विद्यार्थीको आत्मविश्वास, सार्वजनिक प्रस्तुतीकरण कला, समालोचनात्मक सोच र अनुसन्धान क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का कोशी प्रदेश संयोजक प्रशान्त नेपालले दिगो विकास, खाद्य सुरक्षा, जलवायु परिवर्तन तथा विश्वव्यापी चुनौतीहरूको समाधानमा युवाको सक्रिय सहभागिता अपरिहार्य हुने बताउनुभयो ।

सम्मेलनमा केएमयूएनका महासचिव दीपाकर कुँवर, स्पटलाइट इनिसियटिभका अध्यक्ष इशान अग्रवाल, कस्तुरी कलेजका शैक्षिक संयोजक, विराट शिक्षण अस्पतालका निर्देशक, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, कार्यकारी समिति सदस्य, शिक्षक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

सम्मेलनमा विभिन्न विद्यालयका करिब ३०० विद्यार्थी प्रतिनिधि सहभागी छन् भने सम्मेलनमा उनीहरूले विभिन्न राष्ट्रको प्रतिनिधित्व गर्दै विश्व शान्ति, मानव अधिकार, जलवायु परिवर्तन, दिगो विकास, अन्तरराष्ट्रिय सुरक्षा लगायतका समसामयिक विषयमा बहस, छलफल र प्रस्ताव प्रस्तुत गर्नेछन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार
दशौँ राष्ट्रिय खेलकुद : सुर्खेतमा २३, अन्य जिल्लामा ९ खेल
२०८३ कार्तिक २४, मंगलबार