मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

१ सय १४ जिल्ला न्यायाधीशको सरुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः न्यायपरिषद्को बुधबार बसेको बैठकले १ सय १४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्यायपरिषद स्रोतका अनुसार सरुवा हुनेहरुमा अधिकांश दुई वर्ष एकै अदालतमा कार्यरत रहेका छन् ।

न्यायपरिषद्ले गत साउन महिनामा नै सरुवा गर्न खोजेको भए पनि कोरोना भाइरसको संक्रमणका कारण सो कार्य ढिलाइ भएको बताइएको छ । सरुवा भएका न्यायाधीशहरुले मुद्दाको सुनुवाइ अब नयाँकार्यालयमा मात्र गर्ने भएका छन् ।

न्यायपरिषद्का एक कर्मचारीले उच्च अदालतका न्यायाधीशको पनि सरुवा गर्नुपर्ने अवस्था भइसकेको बताए । न्यायपरिषद्ले नयाँनियुक्ति भएका २९ जना न्यायाधीशलाई पनि बुधबार नै पदस्थापन गर्ने निर्णय गरेको छ ।

यसैबीच केही दिनअघि मात्र सर्वोच्च अदालतले ८५ जना नायब सुब्बा र २६ जना डिठ्ठालाई सरुवा गरेको छ । यसै गरी सर्वोच्चले १७ जना तामेलदार, १ जना सवारी चालक र ७ जना कार्यालय सहयोगीलाई पनि एक अदालतबाट अर्कोमा सरुवा गरेको छ । (नेस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार