बैसाख २६, २०८३ शनिबार May 9, 2026

विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् ।

प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेको छ । स्थानीय एक विद्यालयमा वैकल्पिक शिकाईका लागि हिँड्दै गरेकी बालिकालाई जङ्गल छेउमा सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।

दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । अपहरणमा परेकी बालिका हाल परिवारको साथमा छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार