मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

आईपीएल क्रिकेट-कोलकातासँग चेन्‍नइ १० रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार साँझको खेलमा कोलकाता नाइट राइडर्सले जित निकालेको छ ।

यूएईमा सम्पन्न उक्त खेलमा कोलकाता नाइट राइडर्सले चेन्‍नइ सुपर किङ्सलाई १० रनले पराजित गरेको हो । यससँगै कोलकाताले तेस्रो जित दर्ता गरेको छ । उक्त खेलमा कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्‍नइले २० ओभर ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १६७ रन जोडेको थियो ।

खेलमा चेन्‍नइका लागि शेन वाट्सनले ५० रनको अर्धशतकीय पारी खेले भने अम्बाती रायुडुले ३० र  रविन्द्र जडेजाले २१ रन बनाए । त्यस्तै बलिङतर्फत कोलकाताका लागि ५ खेलाडीले एक(एक विकेट लिए ।

ब्याटिङमा कोलकाताका लागि ओपनर राहुल त्रिपाठीले ८१ रन, सुभमन गीलले ११ रन, नितिश रानाले ९ रन, इयोन मोर्गनले ७ रन, सुनिल नारनले १७ रन, आन्द्रे रासेलले २ रन,  दिनेश कार्तिकले १२ रन र पाट कमिन्सले १७ रन बनाए । त्यस्तै चेन्नईका लागि बलिङमा डवाने ब्राभोले ३ विकेट र अन्य ३ खेलाडीले दुई दुई विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया