कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ – मुख्यमन्त्री कार्की

समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्वले पनि सकारात्मक पहल गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ, ७ असारः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश र जनताप्रति समर्पित हुँदै मुलुकको नेतृत्व गर्ने व्यक्ति सदैव सफल हुने बताउनुभएको छ ।

आशालता रिजाल प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित आठौँ ‘नगेन्द्रप्रसाद-आशालता रिजाल शिक्षा, संस्कृति तथा सामाजिक सेवा पुरस्कार’ वितरण समारोहमा समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्वले पनि सकारात्मक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा ‘नगेन्द्रप्रसाद-आशालता रिजाल शिक्षा, संस्कृति तथा सामाजिक सेवा पुरस्कार’ बाट पूर्वबैंकर अनिलकेशर शाह र सुनसरीको धरानस्थित पिण्डेण्श्वर संस्कृत माविलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उहाँले स्व रिजालले मुलुकको शिक्षा, स्वास्थ्य धर्म संस्कृति संरक्षणमा ठूलो योगदान पुर्‍याउनुभएको स्मरण गर्दै कुशल प्रशासक एवं राष्ट्रवादी नेता भएकाले सबैले अहिले पनि सम्झने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी साउनदेखि निजी तथा सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने किशोरकिशोरीका लागि असल र सभ्य नागरिक भई राष्ट्र सेवामा केन्द्रित हुने किसिमका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । प्रतिष्ठानद्वारा स्थापित पुरस्कारले कोशी प्रदेशका साथै मुलुकका अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्व खोजेर सम्मान गर्दै आएकामा प्रशंसा गर्नुभयो ।

प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले स्व रिजालले मुलुकमा दिनुभएको शिक्षा, स्वास्थ्य एवं सामाजिक कार्यको युुवापुस्ताले सधैँ सम्झने बताउँदै उहाँको योगदानले सबैलाई प्रेरणा दिने बताउनुभयो ।

प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले स्व रिजाल समाजलाई एकताबद्ध गराई सद्भाव कायम गर्ने व्यक्तित्वका रूपमा रहनुभएको उल्लेख गर्नुभयो । सम्मानित व्यक्तित्व शाह र संस्कृत माविका संस्थापक पुरुषोत्तम भट्टराईले आफ्ना सन्तानलाई धर्म, संस्कृति र संस्कारयुक्त बनाई राष्ट्रवादी बनाउन सबै अभिभावक लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल, उपाध्यक्ष सुरेश शर्मा, प्रा गोपाल भण्डारी, सल्लाहकार प्रभु पराजुली, प्रा गोपाल अधिकारीलगायतले स्व रिजालले शिक्षा, स्वास्थ्य र धर्मको क्षेत्रमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार
दशौँ राष्ट्रिय खेलकुद : सुर्खेतमा २३, अन्य जिल्लामा ९ खेल
२०८३ कार्तिक २४, मंगलबार