श्रावण २७, २०८३ बुधबार August 12, 2026

समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

सवारी साधनको चाप बढी हुने स्थानहरूमा ट्राफिक लाइट जडान र प्रदेशका मुख्य नाकाहरूमा स्मार्ट चेकपोस्ट स्थापना गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, ९ असारः बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने भएको छ ।

सरकारको आर्थिक वर्ष २०८३ / ०८४ को बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारिएको हो ।

सहकारी संस्थाहरूको अनुगमन, सुपरीवेक्षण र वित्तीय अनुशासनका लागि बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो ।

सार्वजनिक स्थलहरूमा सिसीटिभी क्यामरा जडान गरी डिजिटल क्राइम ट्र्याकिङ सिस्टम विकास गरिने बजेटमा उल्लेख छ ।

लागुऔषध दुरूपयोग, मानव बेचबिखन र साइबर अपराध न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सञ्चालन गर्ने बजेटमा भनिएको छ । बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण, विपद् स्वयंसेवक परिचालन र विपद् बीमा कार्यक्रम सञ्चालन गरिने मन्त्री तामाङले बताउनुभयो ।

सवारी साधनको चाप बढी हुने स्थानहरूमा ट्राफिक लाइट जडान र प्रदेशका मुख्य नाकाहरूमा स्मार्ट चेकपोस्ट स्थापना गरिने सरकारले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
२०८३ श्रावण २७, बुधबार
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार