श्रावण २७, २०८३ बुधबार August 12, 2026

राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना

सरकारले जिम्मेवारीपूर्वक जनताको भावनाअनुसार काम गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, ९ असारः सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा गर्ने औजार भएको बताउनुभएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका यहाँस्थित कार्यालयहरुको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले राजनीति कसैको शक्ति प्रदर्शन गर्ने हतियार नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो “राजनीति जनताको सेवा गर्ने औजार हो । कसैको शक्ति प्रदर्शन गर्ने हतियार होइन ।”

सरकारले जिम्मेवारीपूर्वक जनताको भावनाअनुसार काम गर्ने बताउनुभयो । जनतासँग गरेका वाचा पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उहाँको कथन थियो ।

पदको दुरुपयोग भएमा जनताले कारबाही गर्ने बताउँदै उहाँले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने दोहोर्याउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
२०८३ श्रावण २७, बुधबार
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार