असोज २४, २०८३ शनिबार October 10, 2026

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

१५१ कृषि सहकारी तथा कृषि फार्म मार्फत किसानलाई धमाधम बिक्री हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा, १२ असारः साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको जनाएको छ ।

कर्पोरेसनको झापा शाखाका प्रमुख विष्णु न्यौपानेले चालु आर्थिक वर्ष २०८२/८३ मा कूल ७०८.५ मेट्रिक टन रासायनिक मल बिक्री वितरणका लागि ल्याइएको बताउनुभयो । यसमा युरिया मल १७२.५० मेट्रिक टन, डिएपी मल २२६ मेट्रिक टन र पोटास मल ४१० मेट्रिक टन रहेको छ ।

किसानलाई सहज रूपमा मल उपलब्ध गराउन जिल्लाका १५१ कृषि सहकारी तथा कृषि फार्म छनोट गरिएको र तिनै संस्थामार्फत किसानलाई धमाधम बिक्री वितरण गरिरहेको उहाँले बताउनुभयो ।

हालसम्मको विवरण अनुसार युरिया मल ४२ मेट्रिक टन, डीएपी मल ६२.३० मेट्रिक टन र पोटास मल ५.७५ मेट्रिक टन बिक्री भइसकेको उहाँको भनाइ छ ।यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसनसँगै कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाबाट पनि जिल्लाका १५स्थानीय तहमा मल पठाइएको जनाइएको छ ।

गौरादह नगरपालिका, बुद्धशान्ति गाउँपालिका र कचनकबल गाउँपालिकाका लागि कम्पनीले यसै साता ४६ मेट्रिक टन रासायनिक मल उपलब्ध गराएको जनाएको छ ।
उक्त मल सहकारी र फार्ममार्फत किसानलाई बिक्री गरिन्छ । धान रोपाइँ सुरु भएसँगै किसानलाई मुख्य रूपमा युरिया, डिएपी र पोटास मल बढी आवश्यक पर्ने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्यो
२०८३ असोज २४, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी
२०८३ असोज २४, शनिबार
आज आश्विन कृष्ण औंसी: पितृ पक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
२०८३ असोज २४, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक
२०८३ असोज २४, शनिबार
आजको मौसम : यी स्थानमा हुँदैछ भारी बर्षा र हिमपातको सम्भावना
२०८३ असोज २४, शनिबार
सशस्त्र प्रहरीका एआईजी दाहाल बर्खास्त
२०८३ असोज २३, शुक्रबार
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त
२०८३ असोज २३, शुक्रबार