असोज २४, २०८३ शनिबार October 10, 2026

पत्रकार सुबिन विश्वकर्मा सम्मानित

एक दशकको पत्रकारिता यात्रालाई बराहक्षेत्र नगरपालिकाको सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी । लामो समयदेखि खोजमूलक तथा सामाजिक सरोकारका विषयमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार सुबिन विश्वकर्मा बराहक्षेत्र नगरपालिकाबाट सम्मानित भएका छन्। नगरपालिकाको १८औँ नगरसभाको अवसरमा उनलाई नगदसहित सम्मान गर्दै सञ्चार क्षेत्रमार्फत स्थानीय विकास, सुशासन र सामाजिक न्यायका पक्षमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरिएको हो।

हाल काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका विश्वकर्मा राष्ट्रिय समाचार समिति (रासस), उकेरा, सूत्र टिभी हुँदै अहिले नेपाल टाइम्समा आबद्ध छन्। उनले आर्थिक, सामाजिक, सांस्कृतिक तथा समग्र विकाससँग सम्बन्धित विषयलाई तथ्यपरक ढंगले जनतामाझ पुर्‍याउँदै सार्वजनिक सरोकारका मुद्दा उजागर गर्ने काम गर्दै आएका छन्।

मोफसलमा रहँदादेखि नै रेडियो, दैनिक पत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत सक्रिय पत्रकारिता गरेका विश्वकर्माले भ्रष्टाचार, अनियमितता र बेथितिविरुद्ध निरन्तर कलम चलाएका थिए। करिब सात वर्षअघि यस्तै समाचारका कारण जनप्रतिनिधिबाट अपहरणमा परेपछि उनी राष्ट्रियस्तरमा चर्चामा आएका थिए।

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व जिल्ला कार्यसमिति सदस्य तथा बराहक्षेत्र ग्रामीण पत्रकार समूहका सचिवसमेत रहेका विश्वकर्माले करिब एक दशकदेखि पत्रकारितामा निरन्तर योगदान दिँदै आएका छन्। उनी हाल आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तहमा अध्ययनरत छन्।

बराहक्षेत्र नगरपालिकाले सञ्चार माध्यममार्फत स्थानीय विकास, सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै पत्रकार विश्वकर्मालाई सम्मान गरेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्यो
२०८३ असोज २४, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी
२०८३ असोज २४, शनिबार
आज आश्विन कृष्ण औंसी: पितृ पक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
२०८३ असोज २४, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक
२०८३ असोज २४, शनिबार
आजको मौसम : यी स्थानमा हुँदैछ भारी बर्षा र हिमपातको सम्भावना
२०८३ असोज २४, शनिबार
सशस्त्र प्रहरीका एआईजी दाहाल बर्खास्त
२०८३ असोज २३, शुक्रबार
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त
२०८३ असोज २३, शुक्रबार