असार १७, २०८३ बुधबार July 1, 2026

को हुन् शिक्षामन्त्रीका नयाँ सल्लाहकार शैलेन्द्र झा ?

शिक्षामन्त्रीको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा, प्रविधि र सार्वजनिक नीतिका विज्ञ शैलेन्द्र झालाई आफ्नो सल्लाहकार नियुक्त गरेका छन्। शिक्षा क्षेत्रमा लामो अनुभव, अन्तर्राष्ट्रिय अध्ययन तथा नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका झाको नियुक्तिलाई मन्त्रालयले शैक्षिक सुधार र नवप्रवर्तनलाई गति दिने कदमका रूपमा हेरिएको छ।

हाल झा अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ह्युबर्ट एच. हम्फ्रे फेलोसिप अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा संलग्न छन्। उक्त फेलोसिप सार्वजनिक नेतृत्व, नीति निर्माण र व्यावसायिक क्षमता अभिवृद्धिका लागि विश्वभरका अनुभवी पेशाकर्मीलाई प्रदान गरिने प्रतिष्ठित कार्यक्रम मानिन्छ।

यसअघि झाले काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यका रूपमा कार्य गरेका थिए। त्यसक्रममा उनले शैक्षिक सुधार, डिजिटल प्रविधिको प्रयोग र नवप्रवर्तनका विभिन्न कार्यक्रमहरूमा योगदान दिएका थिए।

उनी शिक्षा क्षेत्रमा काम गर्ने संस्था टिचर्स फर नेपालसँग पनि आबद्ध भई विद्यालय शिक्षा सुधार, नेतृत्व विकास तथा शिक्षक क्षमता अभिवृद्धिका क्षेत्रमा सक्रिय रहेका थिए। साथै, झा बीआईटीएस लिडर इन्टरनेशनल प्रालिका संस्थापक अध्यक्षसमेत हुन्।

शैक्षिक योग्यताको हिसाबले झाले जर्मनीबाट सूचना तथा सञ्चार इन्जिनियरिङ, फिलिपिन्सबाट विकास व्यवस्थापन तथा बंगलादेशबाट एप्लाइड इकोनोमिक्समा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। शिक्षा, प्रविधि, सार्वजनिक नीति र विकास व्यवस्थापनमा उनको बहुआयामिक अध्ययनले उनलाई नीति निर्माण र शैक्षिक नेतृत्वको क्षेत्रमा परिचित बनाएको छ।

झाले शिक्षा, नेतृत्व विकास, विपद् जोखिम न्यूनीकरण, सार्वजनिक नीति तथा नवप्रवर्तनसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार र कार्यशालामा नेपालको प्रतिनिधित्व गर्दै आफ्ना अनुभव प्रस्तुत गरिसकेका छन्।

शिक्षामन्त्री पोखरेलले झाको अनुभव, अध्ययन र नीति निर्माणसम्बन्धी ज्ञानले शिक्षा क्षेत्रको सुधार, प्रविधिमैत्री शैक्षिक प्रणालीको विकास तथा मन्त्रालयका प्राथमिकताका कार्यक्रम कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
को हुन् शिक्षामन्त्रीका नयाँ सल्लाहकार शैलेन्द्र झा ?
२०८३ असार १७, बुधबार
राष्ट्रपति पौडेलसँग पाकिस्तानका राजदूत हास्मीको बिदाइ भेट
२०८३ असार १७, बुधबार
सञ्चारमन्त्रीसँग अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता
२०८३ असार १७, बुधबार
सभामुख अर्यालसँग साउदी अरबका राजदूतको भेटवार्ता
२०८३ असार १७, बुधबार
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
२०८३ असार १७, बुधबार
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
२०८३ असार १७, बुधबार
श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि …
२०८३ असार १७, बुधबार