बैसाख २६, २०८३ शनिबार May 9, 2026

बसभित्र सामूहिक बलात्कार गर्ने थप एक जना भद्रपुरबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बसभित्रै सामुहिक बलात्कारमा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुरका दिपेश राई रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा २२ वर्षीया राईलाई भद्रपुरबाट पक्रेर भक्तपुरमा ल्याएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए ।

भक्तपुरको भक्तपुर नगरपालिका–८ कालाँचामा १७ वर्षीया किशोरीलाई असोज १७ मा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाडेका थिए ।

बलात्कृत किशोरीलाई प्रहरीले रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा।३ ख। २६१२ नम्बरको बसबाट बेहोस अवस्थामा उद्धार गरेको थियो । बलात्कारमा संलग्न दुईजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

यसअघि पक्राउ गरिएकामा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार